नेपाल-भारत साहित्यिक समाराेह सम्पन्न, विभिन्न पुस्तक विमाेचन


 


काठमाडाैं । भारतीय दूतावास, काठमाडौंले नेपाल–भारत पुस्तकालयमा ‘नेपाल–भारत लिटरेचर फेस्टिभल’मा ‘पुस्तक विमोचन तथा छलफल’ कार्यक्रम सम्पन्न गरेकाे छ ।

कार्यक्रमका प्रमुख अतिथि सर्वोच्च अदालतका पूर्व न्यायाधीश गिरीशचन्द्र लालको उपस्थितिमा बि.पी कोइराला फाउण्डेशनको सहकार्यमा प्रकाशित हिन्दी पुस्तक ‘नेपाल मे हिन्दी’ सार्वजनिक भएको दूतावासले जनाएकाे छ ।

नेपाली कवि श्री स्नेह सायमी र राजेन्द्र शलभको अनुपम काव्य संग्रह ‘उजले के रंग’ र श्री स्नेह सायमीको नेपाली कविता बाध्यता ‘चश्मा र अन्काको वार्ता’ बारे छलफल भएकाे थियाे ।

कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका हिन्दी प्राध्यापक डा श्वेता दिप्ती, प्रख्यात कवि श्री विधान आचार्य र वरिष्ठ साहित्यकार डा रामदयाल राकेशले आफ्नो विचार राखेका थिए ।

प्रमुख अतिथि पूर्व न्यायाधीश लालले आफ्नो सम्बोधनमा नेपाल र भारतबीचको शताब्दीयौं पुरानो सम्बन्धमा साझा संस्कृति र भाषाको महत्वबारे प्रकाश पारेका थिए । कार्यक्रममा साहित्यकार, शिक्षक, भाषाविद् तथा साहित्य प्रेमीहरुको बाक्लो उपस्थिति रहेको थियो ।

प्रकाशित मिति: ३ भाद्र २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्