नेपाली नागरिकता लिन खोज्ने एक भारतीय पक्राउ


 


नवलपरासी, भदौ १३ । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)मा नेपाली नागरिकता लिन खोज्ने एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।

नक्कली बुबा बनाई नेपाली नागरिकता लिन खोज्ने भारत महाराजगञ्ज मधवलिययाका १९ वर्षीय राहुल कुर्मीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)का प्रहरी नायब उपरीक्षक भोजराज पाण्डेले बताए।

पक्राउ परेका कुर्मी हाल नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को प्रतापपुर गाउँपालिका–९ अठलैयास्थित मामाघरमा बस्दै आएका थिए। प्रहरीका अनुसार राहुलले प्रतापपुर–६ कठहवा बस्ने गौरीशङ्कर कुर्मीलाई बुबा बनाई नागरिकता लिन लागेका थिए ।

प्रकाशित मिति: १३ भाद्र २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्