गाँजासहित तीन जना पक्राउ


 


म्याग्दी, भदौ १७ । म्याग्दी प्रहरीले गाँजासहित तीन जनालाई पक्राउ गरेको छ ।

प्रहरीले जिल्लाको बेनी नगरपालिका–९ गलेश्वरस्थित सडकबाट गाँजासहित पर्वत जलजला गाउँपालिका–३ वारीबेनी बस्ने २० वर्षीय सुमित परियारसहित तीन जनालाई शनिबार साँझ पक्राउ गरेको हो ।

प्रहरी चौकी गलेश्वरबाट खटिएको प्रहरीले उनीहरूको साथबाट १ केजी ७ सय ग्राम गाँजा बरामद गरेको बताइएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: १७ भाद्र २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्