कोशी सरकारविरुद्धको रिटमाथिको सुनुवाई पूर्ण इजलासमा


 


काठमाडौं, भदौ १७ । कोशी सरकारविरुद्धको रिटमाथि पूर्ण इजलासमा सुनुवाइ हुने भएको छ ।

कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले लिएको विश्वासको मत असंवैधानिक रहेको दाबीसहित पूर्वमुख्यमन्त्री हिक्मतकुमार कार्कीले सर्वोच्च अदालतमा दायर गरेको रिटमाथि पूर्ण इजलासमा सुनुवाइ हुने भएको हो ।

न्यायाधीशद्वय सपना प्रधान मल्ल र सुष्मालता माथेमाको संयुक्त इजलासले उक्त रिटलाई पूर्ण इजलासमा पठाउने निर्णय गरेको हो । अब कम्तीमा तीन न्यायाधीश रहने पूर्ण इजलासमा उक्त रिटमाथि सुनुवाइ हुनेछ । पूर्ण इजलासमा सोमबारदेखि निरन्तर सुनुवाइ सुरु हुनेछ ।

मुख्यमन्त्री थापाले प्रदेशसभाबाट विश्वासको मत लिँदा प्रदेशसभा बैठक अध्यक्षता फेरबदल गरी अध्यक्षता गरेकै प्रदेशसभा सदस्यले समेत मत दिएपछि एमाले संसदीय दलका नेतासमेत रहनुभएका पूर्व मुख्यमन्त्री कार्कीले सर्वोच्च अदालतमा रिट निवेदन दिएका हुन् ।

प्रकाशित मिति: १७ भाद्र २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्