भ्रमणमा रहेको एमाले नेताहरूको टोलीलाई चीनमा स्वागत


 


काठमाडौं, भदौ १७ । चीन भ्रमणमा रहेको नेकपा (एमाले)का महासचिव शंकर पोखरेलको नेतृत्वको टोलीले चिनियाँ अधिकारीहरूले स्वागत गरेका छन् ।

चीनको छोङछिङ म्युनिसिपल फोरेन अफेयर्स कार्यालयका उपनिर्देशक जाउ यीले नेपाली प्रतिनिधिमण्डललाई चीनमा स्वागत गरेका हुन् ।

चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा एमाले महासचिव पोखरेलको नेतृत्वमा २२ सदस्यीय टोली चीन पुगेको छ । १२ दिने भ्रमणका क्रममा टोलीले चीनका तीन मुख्य शहर छोङछिङ, बेइजिङ र छिङहाइको भ्रमण गर्ने छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को चीन भ्रमणको तयारी हुँदै गर्दा चीनले एमालेका २२ जना नेताहरूलाई चीन भ्रमण गराएको हो ।

भ्रमण टोलीमा महासचिव पोखरेलसहित स्थायी कमिटी सदस्य तथा परराष्ट्र मामिला विभाग प्रमुख राजन भट्टराई, स्थायी कमिटी सदस्य तथा प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्रप्रसाद गौतम, पोलिटब्युरो सदस्य ज्वालाकुमारी शाह, केन्द्रीय सदस्यहरु राम राना, टुकाभद्र हमाल, सहदेव बोगटी, निरजप्रसाद आचार्य, मञ्जुदेवी गुरूङ, अजयकुमार गुप्ता छन्।

त्यस्तै केन्द्रीय सदस्यहरू रचना खड्का, भगवती थापा क्षेत्री, मानवीर राई, कपिलदेव पोखरेल, जिफन्टका महासचिव लक्ष्मणकुमार शर्मा, अर्घाखाँची अध्यक्ष पिताम्बर भूसाल, युवा संघका अध्यक्ष क्षितिज थेवे, अनेरास्ववियु अध्यक्ष समिक बडाल, परराष्ट्र मामिला विभाग सदस्य गोपाल खनाल, लुम्बिनी प्रदेश किमिटी सदस्य हुमाकुमारी डिसी र सचिवालयबाट राजेश राई र सरोजकुमार रेग्मी भ्रमण टोलीमा छन्।

प्रकाशित मिति: १७ भाद्र २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्