नेप्से २९.८१ अंकले घट्यो, १ अर्बमाथि कारोबार


 


काठमाडौं, भदौ १७ । साताको पहिलो कारोबार दिन आज (आइतबार) सेयर बजार परिसूचक २९.८१ अंकले घटेको छ । आज १.४९ प्रतिशतले बजार ओरालो लागेको हो ।

आइतबार सबै उपसूचक राताम्य देखिए । त्यसमा पनि होटल एण्ड टुरिजमका लगानीकर्ताले सर्वाधिक (३.०३ प्रतिशत) गुमाएका छन् ।

आइतबार २७६ धितोपत्रको ३७ हजार ४१ वटा कारोबारबाट ४० लाख ५३ हजार ३६८ कित्ता सेयर किनबेच भएको छ । यसबाट १ अर्ब १८ करोड ६६ लाख १८ हजार ४१० रुपैयाँ बराबरको कारोबा भएको छ ।

थ्री स्टार हाइड्रोको कारोबार सकारात्मक सर्किट लेबलमा भएको छ । यसको मूल्य १० प्रतिशतले वृद्धि भएर २५४।१० पुगेको छ । सिक्लेस हाइड्रो, प्राइम डिभेञ्चर, बुद्धभूमि नेपाल हाइड्रोसहितका धितोपत्रको मूल्य समेत बढेको छ ।

लिब्रेटी इनर्जी, सिटी होटलको नकारात्मक सर्किट लेबलमा कारोबार भयो । ग्रीन भेन्चर लिमिटेड, कुथेली बुखारी स्मल हाइड्रो, सामलिङ पावर हाइड्रोसहितका धितोपत्रको भने मूल्य धेरैले घटेको छ ।

प्रकाशित मिति: १७ भाद्र २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्