सुन तस्करी प्रकरणमा पूर्वउपराष्ट्रपति पुत्रसँग सीआईबीले लियो बयान


 


काठमाडौं, भदौ १९ । ६० किलो सुन तस्करी प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ पुत्र दीपेश पुनसँग बयान लिएको छ ।

सुन तस्करीमा मुछिएका अन्यसँग उनको पनि सम्पर्क देखिएपछि उनलाई सोमबार कार्यालयमै बोलाएर बयान लिइएको एक सीआईबी अधिकारीले जानकारी दिए । पुन नेकपा माओवादी केन्द्रनिकट अनेरास्ववियु क्रान्तिकारीका महासचिवसमेत हुन् ।

राजश्व अनुसन्धान विभागले गत साउन ३ मा हङहङबाट ब्रेक सुमा लुकाएर ल्याइएको सुन एयरपोर्ट भन्सारबाट बाहिरिने क्रममा बरामद गरेको थियो ।

सुन तस्करी प्रकरणमा २६ जना पक्राउ परिसकेका छन् ।

प्रकाशित मिति: १९ भाद्र २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्