क्रिप्टो कारोबार गरेको आरोपमा एक युवक पक्राउ


 


काठमाडौं, भदौ १९ । क्रिप्टो करेन्सी कारोबार गरेको आरोपमा प्रहरीले एकजना युवकलाई पक्राउ गरेको छ।

बाइनान्स (क्रिप्टो) को कारोबार गरेको आरोपमा प्रहरीले सिन्धुपाल्चोक बलेफी घर भएका २७ वर्षीय पुरुषोत्तम कार्कीलाई पक्राउ गरेको हो ।

बूढानकिलण्ठ नगरपालिका स्थित पासिकोट बस्दै आएका कार्कीलाई काठमाडौँबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रविन्द्र रेग्मीले बताए । उनलाई गोप्य सूचनाका आधारमा प्रहरीले पक्राउ गरको जनाएको छ ।

कार्कीलाई नेपाल राष्ट्र बैक ऐन, २०५८ अन्तर्गतको कुसरमा आवश्यक अनुसन्धान एवं कारबाही लागि जिल्ला प्रहरी परिसर, टेकु, काठमाडौंमा पठाइएको छ।

प्रकाशित मिति: १९ भाद्र २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्