सुनको मूल्य आज तोलामा तीन सय रुपैयाँ घट्यो


 


काठमाडौं, भदौ २० । नेपाली बजारमा आज सुनको मूल्य आज पनि घटेको छ ।

सुन आज तोलामा तीन सय रुपैयाँ घट्दै प्रतितोला एक लाख १२ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको छ । सुन हिजो प्रतितोला एक लाख सात सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँ घट्दै प्रतितोला एक हजार चार सय ३० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: २० भाद्र २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्