नेता यादवमाथि आक्रमण गर्ने व्यक्ति राप्रपामा संलग्न छैनन् : राणा


 


काठमाडौं, भदौ २१ । राप्रपाका नेता धवलशमशेर राणाले नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि आक्रमण गर्ने व्यक्ति राप्रपामा संलग्न नभएको बताएका छन् ।

प्रतिनिधि सभाको बिहीबारको बैठकमा बोल्दै राणाले यादव माथि आक्रमण गर्ने व्यक्ति राप्रपामा नभएको र उनलाई दहैसम्मको कारबाही हुनुपर्ने बताएका हुन् ।

उनले रिपोर्टस क्लबको कार्यक्रममा सहभागी भएर फर्कने क्रममा यादवमाथि आक्रमण भएको आफ्नै आँखाले देखेको समेत बताए ।

राप्रपा हिंसाको राजनीतिमा विश्वास नगर्ने पार्टी भएको भन्दै उनले भने, ‘त्यो आक्रमण गर्ने व्यक्ति हाम्रो पार्टीमा कुनै प्रकारले संलग्न थिएन । र उसमाथि हुनुपर्ने कारबाही हुनुपर्छ ।’

प्रकाशित मिति: २१ भाद्र २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्