माछा मार्नेक्रममा करेन्ट लागेर एक जनाको मृत्यु, चार जना पक्राउ


 


स्याङ्जा, भदौ २२ । स्याङ्जाको वालिङ नगरपालिका–६ स्थित रसखोलामा माछा मार्ने क्रममा एक जनाको मृत्यु भएको छ ।

३६ वर्षीय यमबहादुर थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका इन्स्पेक्टर पावल सिंह लामाले जानकारी दिए ।

यम बहादुरसँगै माछा मार्न गएका ४ जनालाई प्रहरीले शुक्रवार बिहान पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा वालिङ–६ बस्ने तिल बहादुर थापा क्षेत्री, पाल्पा घर भएका दीपेन्द्र अधिकारी, पर्वत घर भएका अनिल चौधरी र कञ्चनपुर घर भएका ६० वर्षीय बलदेव राना छन् ।

प्रहरीले पक्राउ परेकाहरूको साथबाट माछा मार्न प्रयोग गरिने तार, रड र बाँसको घाटा बरामद गरेको छ ।

मृतकको शव पोष्टमार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा पठाइएको छ ।

प्रकाशित मिति: २२ भाद्र २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्