विराटनगरबाट ९ लाख बढी रकमसहित एक युवक पक्राउ


 


विराटनगर, भदौ २२ । विराटनगरबाट स्रोत नखुलेको ९ लाख रुपैयाँभन्दा बढी रकमसहित एक जना पक्राउ परेका छन्।

सशस्त्र प्रहरीको टोलीले विराटनगर महानगरपालिका–१४ का २६ वर्षीय कृष्ण चौधरीलाई सोही ठाउँको मन्ठा पोखरीनजिकबाट रकमसहित पक्राउ गरेको हो ।

चौधरीको साथबाट ९ लाख १७ हजार सात सय ५५ नेपाली रुपैयाँ बरामद भएको सशस्त्र प्रहरी बल मोरङका प्रमुख एसपी तीर्थ थापाले जानकारी दिए।

सशस्त्रले पक्राउ गरेका बेला उनी भारतबाट प्रदेश १–०२–०४९ प ४३६८ नम्बरको मोटरसाइकलमा नेपाल आउँदै थिए।

मोटरसाइकल रोकेर खानतलासी गर्दा सिटमुनि लुकाएर ल्याएको अवस्थामा स्रोत नखुलेको रकम फेला परेको थापाले बताए। बरामद भएको रकम अवैध हुण्डी कारोबारको भएको हुनसक्ने आशंका गरिएको छ।

चौधरीलाई थप अनुसन्धान र आवश्यक कारबाहीका लागि शुक्रबार राजस्व अनुसन्धान कार्यालय इटहरीमा बुझाइएको सशस्त्रले जनाएको छ।

प्रकाशित मिति: २२ भाद्र २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्