अमेरिकी राष्ट्रपति बाइडेन भारतमा, सुरक्षा व्यवस्था कडा


 


नयाँदिल्ली । जी २० शिखर सम्मेलनका लागि अमेरिकी राष्ट्रपति जो बाइडेन भारत आइपुगेका छन् ।

सम्मेलनका लागि विश्वका धेरै शीर्ष नेताहरूसहित बाइेन पनि भारत आइपुगेका हुन् । विश्व नेताहरुको सुरक्षालाई ध्यानमा राख्द दिल्लीमा कडा सुरक्षा व्यवस्था गरिएको छ।

अमेरिकी राष्ट्रपतिको सुरक्षामा अमेरिकी गुप्तचर सेवाको महत्त्वपूर्ण भूमिका हुन्छ । यो एजेन्सी सन् १८६५ मा गठन भएको थियो, तर १९०१ देखि मात्र यसलाई अमेरिकी राष्ट्रपतिको सुरक्षाको जिम्मा सुम्पिएको थियो ।

गुप्तचर सेवामा करिब ७ हजार एजेन्ट र अफिसरहरू काम गर्छन् ।

प्रकाशित मिति: २३ भाद्र २०८०, शनिबार

प्रतिक्रिया दिनुहोस्