मोरक्कोमा शक्तिशाली भूकम्प, २९६ जनाको मृत्यु
एजेन्सी । मोरक्कोमा शक्तिशाली भूकम्प जाँदा २९६ जनाको मृत्यु भएको छ ।
।
बीबीसीका अनुसार ६८ म्याग्निच्यिुडको शक्तिशाली भूकम्प जाँदा २९६ जनाको ज्यान गएको मोरक्कोको गृह मन्त्रालयले बताएको छ ।
माराकेशबाट ७१ किलोमिटर दक्षिणपश्चिमको उच्च एटलस पर्वतमा केन्द्रविन्दु रहेको भूकम्पको केन्द्र भूमिगत १८।५ किलोमिटर गहिराइमा रहेको बताइएको छ ।
भूकम्पको धक्का केन्द्रबिन्दुबाट ३५० किलोमिटर टाढा रहेको राजधानी रबातमा पनि महसुस गरिएको थियो ।
भूकम्प स्थानीय समयअनुसार राति ११ः११ बजे भएको बीबीसीले जनाएको छ ।
प्रकाशित मिति: २३ भाद्र २०८०, शनिबार