गौरा मेला हेर्न पुगेका युवामाथि पूर्वमेयरको सलग्नतामा निर्घात कुटपिट


 


दार्चुला, भदौ २३ । दार्चुलामा गौरापर्व हेर्न पुगेका युवमाथि निर्घात कुटपिट गरिएको छ । मालिकार्जुन मन्दिरमा गौरा हेर्न गएका २१ वर्षीय दिनेशसिंह धामीमाथि निर्घात कुटपिट गरिएको हो ।

मालिकार्जुन मन्दिर नजिकैको चैतलीचोर बजारमा खाजा खाएर होटलबाट बाहिर निस्किने क्रममा धामीले ८१० जनाको समूहका आएका व्यक्तिहरुले निर्घात कुटपिट गरेका हुन् । कुटपिटबाट धामीको टाउको, अनुहार लगायतका विभिन्न भागमा चोट लागेको छ ।

उक्त घटनामा शैल्यशिखर नगरपालिकाका पुर्व मेयर अमरसिंह धामीको संलग्नता रहेको पीडितको आरोप छ । पूर्व मेयर धामीले आफ्ना मान्छेहरु प्रयोग गरेर कुटपिट गराएको स्थानीयले आरोप लगाएका छन् ।

कुटपिटमा संलनहरु पूर्व मेयरकै गाडीमा आएमा थिए । र कुटपिटपछि उनकै गाडीबाट भागेको स्थानीय प्रत्यक्षदर्शीको भनाई छ ।

मादकपदार्थ सेवन गरेका पूर्व मेयर धामीले समेत धम्की दिएको प्रत्यक्षदर्शीहरुले बताए ।

टाउकोमा गम्भीर चोट लागेर गम्भीर घाइते भएका दिनेशलाई थप उपचारको लागि धनगढी रिफर गरिएको प्रहरीले जनाएको छ ।

पीडितका आफन्तहरुले सुरक्षामा खटिएको प्रहरीले नै आक्रमणमा संलग्नलाई भगाएको आरोप लगाएका छन् ।

गौराको सुरक्षाको जिम्मा लिएका ईलाका प्रहरी कार्यालय गोकुलेश्वरका इन्स्पेक्टर मान सिंह ऐरीले आक्रमणमा संलग्नलाई तत्काल पक्राउ गरि कारबाही गर्नुको साटो पूर्व मेयर धामीको गाडीमा राखेर भगाउन सहयोग गरेको पीडितका आफन्तको भनाई छ ।

घटनाको केही समय अगाडि इन्सपेक्टर ऐरीले पूर्व मेयर धामीसँगै बसेर मादक पदार्थ सेवन गरेको स्थानीयको भनाइ छ ।

उक्त घटनापछि जिल्ला प्रहरी कार्यालयले समेत जाहेरी दर्ता गर्न मानेको छैन् । दिनेशलाई आक्रमण गर्ने पुर्व मेयर लगायत अन्य दश जनाविरुद्ध पीडितले प्रहरीमा जाहेरी दिएको थियो ।

प्रकाशित मिति: २३ भाद्र २०८०, शनिबार

प्रतिक्रिया दिनुहोस्