चीनमा भेटियो लोपोन्मुख सेतो ओठ भएको हिरण


 


एजेन्सी । चीनमा सय भन्दा बढी सेतो ओठ भएको हिरणहरु फेला परेका छन् । उत्तरपश्चिम चीनको ग्रान्स प्रान्तस्थित किलियन माउण्टेन नेशनल नेचर रिजर्भमा उक्त हरिणको समूह फेला परेको हो ।

सेतो ओठ भएको हरिण पहिलो श्रेणीको राष्ट्रिय सुरक्षा अन्तर्गत पर्दछ । यो प्रजाति ३ हजार देखि ५ हजार मिटरसम्मको उचाईमा बस्छ ।

यो मुख्यतया छिङहाई तिब्बत पठार र त्यस वरपरका क्षेत्रमा उच्च स्थानका घाँसे मैदानहरुमा पाइन्छ । यसलाई प्रकृति संरक्षणको लागि अन्तर्राष्ट्रिय संघ (आइयुसीएन) ले लोपोन्मुख जनावरमा राखेको छ ।

प्रकाशित मिति: २३ भाद्र २०८०, शनिबार

प्रतिक्रिया दिनुहोस्