मोटरसाइकल एक आपसमा ठोक्किँदा चालकको मृत्यु


 


दमक, भदौ २३ । झापाको कमल गाउँपालिका–३ स्थित भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु भएको छ ।

कमल गाउँपालिका–३ बोहरा टोलमा भएको दुर्घटनामा सोही स्थानका ३० वर्षीय वीरेन्द्र सहनीको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी सहायक निरीक्षक याम खड्काले जानकारी दिए ।

उनका अनुसार दक्षिणबाट उत्तरतर्फ आइरहेको मे११प ९२०३ नम्बरको मोटरसाइकल र विपरीत दिशातर्फ जाँदै गरेको मे२प ५९२३ नम्बरको मोटरसाइकल आपसमा ठोक्किदा मे२प ५९२३ नं मोटरसाइकल चालक सहनीको मृत्यु भएको हो ।

दुर्घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरी सहायक निरीक्षक खड्काले जानकारी दिए ।

प्रकाशित मिति: २३ भाद्र २०८०, शनिबार

प्रतिक्रिया दिनुहोस्