नेपाली बोल्न नसक्ने महिला जङ्गलको चौतारीमा अलपत्र


 


झापा, भदौ २३ । पूर्वपश्चिम राजमार्गअन्तर्गत चारआली जङ्गल खण्डमा एक नेपाली बोल्न नसक्ने महिला दुई महिनादेखि अलपत्र परेकी छन् ।

‘मङ्गोलियन अनुहारकी अन्दाजी ३५ वर्षकी महिला भारतबाट आउने कुनै गाडीबाट चारआली बजारमा उत्रिएपछि जङ्गलको चौतारोमै बस्दै आएकी हुन् ।

उनी लुगाकपडाको पोकोसहित बस्दै आएकी सडक मानवको उद्धारमा सक्रिय अभियन्ता नरेश मोहराले बताए । महिलाले धरान र धनकुटामा नातेदार भएको भन्ने गरेको भएपनि नातेदारको नाम ठेगाना भन्न सकेकी छैनन् ।

उनलाई उद्धार गरे इटहरीको मायाघर लैजान प्रस्ताव गर्दा ती महिलाले नमानेको महराले बताए । उनी बस्दै आएको चौतारो जङ्गली हात्ती हिँड्ने जोखिमपूर्ण क्षेत्रमा रहेको छ ।

प्रकाशित मिति: २३ भाद्र २०८०, शनिबार

प्रतिक्रिया दिनुहोस्