‘दुवै छिमेकी देशले नेपालसँग विश्वास गुमाउँदै गएका छन्’


 


काठमाडौं, भदौ २४ । परराष्ट्रविद् रमेशनाथ पाण्डेले दुवै छिमेकी देशले नेपालसँग विश्वास गुमाउँदै गएको बताएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहालले आइतवार आसन्न विदेश भ्रमणबारे गरेको छलफलपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै पाण्डे यस्तो बताएका हुन् । उनले दुवै देशले नेपालप्रति विश्वास गर्न छोडिरहेको भन्दै प्रधानमन्त्री दाहालले दुवै देशको विश्वास बटुल्ने काम गर्नुपर्ने बताए ।

उनले छिमेकी देशले कुटनीतिक रुपमा स्पष्ट गर्दागर्दै अब सार्वजनिक रुपमा व्यक्त गर्न थाल्नुले झनै चिन्ता थपिएको बताए ।

सहसचिव स्तरबाट हुनुपर्ने वार्ता र योजनाका कुरा गर्ने सट्टा प्रधानमन्त्रीजीले दुवै छिमेकीसँग विश्वासको वातावरण बनाउनु पर्ने परराष्ट्रविद् पाण्डेको सुझाव छ ।

प्रकाशित मिति: २४ भाद्र २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्