कांग्रेस संसदीय दलको बैठक बस्दै


 


काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दैछ ।

बैठक आज बिहान साढे ८ बजे नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा बस्न लागेको हो ।

बैठकमा पार्टीबाट संसद्‌मा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल हुनेछ । कांग्रेसले गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन हुनुपर्ने माग राखेर संसद् अवरुद्ध गर्दै आएको छ ।

यसअघि बिहीबार बस्ने भनिएको बैठक स्थगित गरिएको थियो । आज दिउँसो २ बजेका लागि संघीय संसद्का दुवै सदनको अधिवेशन आह्वान गरिएको छ ।

प्रकाशित मिति: २८ बैशाख २०८१, शुक्रबार

प्रतिक्रिया दिनुहोस्