त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित चारजना पक्राउ


 


काठमाडौं, भदौ २४ । काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहिच चारजना पक्राउ परेका छन् ।

अवैध रुपमा भन्सार छली सुन लैजान लागेका उनीहरूलाई विमानस्थलको आगमन पार्किङ एरियाबाट प्रहरीले पक्राउ गरेको हो । प्रहरीले उनीहरुलाई शनिबार पक्राउ गरेको जनाएको छ ।

पक्राउ पर्नेहरूमा ताप्लेजुङ आठराई त्रिवेणी गाउँपालिका–१ बस्ने २१ वर्षीय अनिश गुरुङ, २१ वर्षीय रोशन विश्वकर्मा, काठमाडौं महानगरपालिका–८ बस्ने ३० वर्षीय शनि देउला र मोरङ पथरी शनिश्चरे नगरपालिका–१ बस्ने ३८ वर्षीय कमल गुरुङ छन् ।

उनीहरूको साथबाट प्रहरीले सुनजस्तो देखिने धातुको ब्रासलेट २ थान र बेरुवा औंठी १ थान गरी जम्मा ८५ ग्राम सुन बरामद गरेको छ ।

हिमालय एयरको उडानद्वारा दोहाबाट काठमाडौं आएका अनिश र रोशनलाई उक्त परिमाणको धातु अवैध रुपमा लुकाई छिपाई भन्सार छलि गर्न लगाई शनि देउला र कमल गुरुङले संकलन गरी लैजान लागेको अवस्थामा फेला पारी उनीहरुलाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।

प्रकाशित मिति: २४ भाद्र २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्