वीर अस्पतालमा हप्ताको ३ दिन मृगौला प्रत्यारोपण गरिने


 


काठमाडौं, असोज ३ । वीर अस्पतालले अबदेखि हप्ताको तीन मृगौला प्रत्यारोपण गर्ने भएको छ ।

अस्पतालले १ असोजदेखि सोमबार, बुधबार र शुक्रबार मृगौला प्रत्यारोपण गरिने अस्पतालका निर्देशक डा. सन्तोष पौडेलले जानकारी दिए ।

यस्तै १ असोजदेखि प्रत्येक हप्ताको आइतबार, मंगलबार र बिहीवार यूरोलोजी ओपीडी सञ्चालन गरिएको निर्देशक पौडेले जानकारी दिए ।

उनले प्रत्येक हप्ताको आइतबारदेखि शुक्रबारसम्म (६ दिन) शल्यक्रिया सञ्चालन गरिएको बताए ।

प्रकाशित मिति: ३ आश्विन २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्