संविधान दिवसमा कमल थापाको शुभकामना– भ्रष्ट व्यवस्था अन्त्य गरौं


 


काठमाडौं, असोज ३ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले संविधान दिवसको शुभकामना दिँदै संघीय गणतन्त्रको नाउँमा कायम भ्रष्ट व्यवस्था अन्त्य गर्नुपर्ने बताएका छन् ।

उनले बुधबार विहान सामाजिक सञ्जालमा संविधान दिवसको शुभकामना पनि दिएर यसै व्यवस्थाको विरोध पनि गरेका हुन् ।

उनले राजासहितको प्रजातन्त्र, हिन्दुराष्ट्र, स्थानीय स्वायत्त शासन, जनताबाट प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र समावेशी प्रतिनिधित्वको सिद्धान्तमा आधारित नेपाली संस्करणको मौलिक प्रजातन्त्र कायम गर्नुपर्ने उल्लेख गरेका छन् ।

प्रकाशित मिति: ३ आश्विन २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्