लुटपाट आरोपमा काठमाडौंमा तीन प्रहरी पक्राउ


 


काठमाडौं । लुटपाटमा संलग्न तीन प्रहरी पक्राउ परेका छन् ।

प्रहरी वृत्त महाराजगञ्जमा कार्यरत असई सुन बहादुर तामाङ, हवल्दार खगराज अधिकारी र जवान भुवन बराल पक्राउ परेका हुन् ।

उनीहरुले एक महिनाअघि दुई जनालाई मुद्दामा फसाइदिने भन्दै महाराजगञ्जस्थित सडकमा पैसा लुटेका थिए ।

तीनै जना सिआरभीमा काम गर्ने प्रहरी हुन् । काठमाडौं परिसरले थुनामा राखी उनीहरुविरुद्ध मुद्दा प्रक्रिया अघि बढाएको छ ।

प्रकाशित मिति: २१ कार्तिक २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्