बिदा वा काजमा रहँदा बैठकमा बस्न र भत्ता लिन नपाइने


 


काठमाडौं, चैत ८ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक निकायका कर्मचारीलाई बिदा वा काजमा रहेको बैठकमा नबस्न र भत्ता नलिन निर्देशन दिएको छ ।

बिदा वा काजमा रहँदा बैठकमा सहभागी हुनु कानुनको बर्खिलाप हुने भन्दै मन्त्रालयले यस्तो निर्देशन दिएको हो । साथै कार्यालय समयभन्दा बाहिर बैठक बसी भत्ता नलिन पनि मन्त्रालयको आदेश छ ।

अर्थ मन्त्रालयद्धारा जारी कार्यसञ्चालन निर्देशिका २०७७ मा एउटै निकायअन्तर्गतको कर्मचारीबीच बसेको बैठकमा भत्ता उपलब्ध नगराउने व्यवस्था गरेको छ । सोही निर्देशिकालाई आधार मान्दै स्वास्थ्य मन्त्रालयले यस्तो निर्देशन दिएको हो ।

प्रकाशित मिति: ८ चैत्र २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्