जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ


 


काठमाडौं, चैत १६ । झापामा १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बिर्तामोड नगरपालिका–५ डेरा गरी बस्ने इलाम माई नगरपालिका–६ घर भएका ४० वर्षीय गोपाल भन्ने मेघराज लिम्बु पक्राउ परेका छन् ।

लिम्बुले ती किशोरीलाई बिर्तामोड नगरपालिका–४ स्थित कोहिनुर होटलमा बुधबार जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

प्रकाशित मिति: १६ चैत्र २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्