चेकजाँच गर्दैगर्दा पड्कियो पेस्तोल


 


बझाङ । बझाङमा हतियार चेकजाँच गर्दा असईको हातबाट पेस्तोल पड्किएको छ ।

जिल्ला प्रहरी कार्यालय, बझाङका अनुसार वडा प्रहरी कार्यालयका इञ्चार्ज तथा असई मोहनसिंह रावलले पेस्तोल पड्काएका हुन् ।

बझाङमा भइरहेको प्रदेश सभा सदस्यको उपनिर्वाचनको सुरक्षा व्यवस्थाको तयारी गर्ने क्रममा सोमवार असई रावलले हतियार चेकजाँच गर्दैगर्दा पड्किएको थियो ।

एक प्रहरी जवानलाई चोट लागेको छ । बन्दुकबाट निस्केको गोली उछिट्टिएर लाग्द जवान पुदल सिंह रानालाई चोट लागेको हो । उनको खुट्टामा चोट लागेको छ ।

अहिले असई रावललाई निलम्बन गरिएको जिल्ला प्रहरी कार्यालय, बझाङले जनाएको छ । बझाङमा बैशाख १५ गते उपनिर्वाचन हुँदै छ ।

प्रकाशित मिति: १२ बैशाख २०८१, बुधबार

प्रतिक्रिया दिनुहोस्