बझाङमा एमालेका भण्डारी अग्रता बढाउँदै, काँग्रेस पछ्याउँदै


 


धनगढी, वैशाख १७ । बझाङ प्रदेश सभा (१)मा नेकपा एमालेका उम्मेदवार दमन भण्डारीले मतान्तर बढाउँदै लिएका छन् ।

भण्डारीले १० हजार ५६१ मत ल्याएका छन्। उनलाई पछ्याइरहेका नेपाली कांग्रेसका उम्मेदवार अभिषेक सिंहले १० हवार ४७० मत ल्याएका छन्। एमालेका भण्डारी ९१ मतसहित अगाडि छन्।

जिल्लाको तलकोटको १, २ र ३ वडाको मतगणना हुँदा भण्डारीले कांग्रेसका उम्मेदवार अभिषेक सिंहलाईपछि पार्दै ९ मतले अगाडि बढेका थिए। त्यसपछि उनले अग्रता बढाउँदै लिएका हुन् ।

यस्तै माओवादीका जनकबहादुर बुढाले ३ हजार ७२३ र एकीकृत समाजवादीका दिलबहादुर सिंहले २ हजार ४६० मत ल्याएका छन्।

यहाँ यसअघि २०७९ को चुनावमा गठबन्धन गरेर कांग्रेसले चुनाव जितेको थियो।

प्रकाशित मिति: १७ बैशाख २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्