सात वर्षीया बालिकामाथि जबरजस्ती करणी, एकजना पक्राउ


 


रूपन्देही, वैशाख १७ । सात वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

जिल्लाको तिलोत्तमा नगरपालिका–२ जन प्रियपथ बस्ने ४८ वर्षीय पुरुषोत्तम भट्टराईलाई प्रहरीले शनिबार राति पक्राउ गरेको हो ।

भट्टराईले ती बालिकालाई २०८० फागुन १६ गते ललाई फकाई जबरजस्ती करणी गरेको उजुरी परेपछि सोही आधारमा इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जानकारी दिएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति: १७ बैशाख २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्