फेब्रुअरीमा फिफा अध्यक्षको निर्वाचन


 


एजेन्सी जुरिच, साउन ४

विश्व फूटबल महासंघ फिफाको अध्यक्षका लागि आगामी फेब्रुअरी २६ मा निर्वाचन हुने भएको छ। अध्यक्ष सेप ब्लाटरले निर्वाचित भएको चार दिनपछि अध्यक्षबाट राजिनामा दिएका थिए।

उनका उत्तराधिकारी छान्न फिफाको कार्यकारी समितिले सोमबार उक्त मिति तय गरेको हो। नयाँ अध्यक्ष निर्वाचित नभएसम्म ब्लाटरले नै फिफा प्रमुखको रुपमा काम गर्नेछन्।

फिफाको महाधिवेसनको ठीक अगाडि फिफाका अधिकारी भ्रष्टाचारको अभियोगमा पक्राउ परेका थिए। सेफ ब्लाटर आफै पनि भ्रष्टाचारको मामलामा विवादित छन्।

उनले भने फिफाका अधिकारीमाथिको भ्रष्टाचार अभियोगको छानिसबन सहज बनाउन भन्दै राजिनामाको घोषणा गरेका थिए। 

प्रकाशित मिति: ४ श्रावण २०७२, सोमबार

प्रतिक्रिया दिनुहोस्