राष्ट्रसंघका उपमहासचिव नेपाल भ्रमणमा



काठमाडौँ, १८ चैत

संयुक्त राष्ट्रसंघका उपमहासचिव एवं निःशस्त्रीकरण मामिलासम्बन्धी उच्च प्रतिनिधि इजुमी नाकामित्सु नेपालको तीन दिवसीय भ्रमणमा आज काठमाडौँ आउँदै हुनुहुन्छ ।

भ्रमणका क्रममा उहाँले प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र परराष्ट्र सचिव शंकरदास बैरागीसँग बेग्लाबेग्लै शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसंघीय क्षेत्रीय केन्द्रलाई नेपालले आतिथेय उपलब्ध गराएको छ । उक्त केन्द्रले विश्व शान्ति तथा निःशस्त्रीकरणका प्रयासमा सघाउँदै आएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सामजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल इमेलः [email protected]
फोन : ०१-४१०७६६६
कार्यकारी सम्पादक :सुमन घिमिरे
           
facebook
© 2018 Deshko News