पाँच प्रहरी अधिकारी निलम्बनमा



काठमाडौं, भदौँ ३१

गृह मन्त्रालयले कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार र हत्याको घटना अनुसन्धानमा संलग्न थप पाँच प्रहरी अधिकारीलाई निलम्बन गरेको छ ।

घटनाको अनुसन्धानमा लापरबाही भएको भन्दै सरकारको आलोचना भइरहेका बेला गृह मन्त्रालयले थप ५ प्रहरी निलम्बन गरेको हो । घटनाबारे छानबिन गर्न गठित सहसचिव हरिप्रसाद मैनाली संयोजक रहेको उच्चस्तरीय छानबिन समितिले बुझाएको प्रारम्भिक प्रतिवेदनले अनुसन्धान त्रुटिपूर्ण रहेको ठहर गरेलगत्तै मन्त्रालयले प्रहरी अधिकारीलाई निलम्बन गरेको हो ।

गृह मन्त्रालयले गएराति विज्ञप्ति जारी गर्दै अनुसन्धानमा त्रुटि गर्ने प्रहरी नायव उपरीक्षक ज्ञानबहादुर सेठी र केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएका प्रहरी नायव उपरीक्षक अंगुर जीसी, प्रहरी निरीक्षक जगदिश भट्ट र एकेन्द्र खड्का तथा प्रहरी सहायक निरीक्षक रामसिंह धामीलाई निलम्बन गरिएको जनाएको छ । गृहले यसअघि नै प्रहरी उपरीक्षक डिल्लीराज विष्टलाई निलम्बन गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
सामजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल इमेलः [email protected]
फोन : ०१-४१०७६६६
संस्थापक/ प्रधान–सम्पादक : ध्रुव सुवेदी
           
facebook
© 2018 Deshko News