टीकापुरमा दुधेबालतसहित सात प्रहरीको विभत्स हत्या गर्ने रेशम चाैधरीको सपथ


 


काठमाडाैँ । कैलालीको टीकापुरमा एक दुधे बालकसहित सात प्रहरीको विभत्स हत्याको मुख्य योजनाकार रेशम चाैधरी अाजबाट संसद छिर्ने भएका छन । टीकापुर घटनाका मुख्य अभियुक्त भएकै कारण हाल उनी पुर्पक्षका लागि डिल्लीबजार कारागारमा थुनामा रहेका थिए । तर चौधरीले आज सभामुखसँग सपथ लिने भएका छन् ।

संसदका प्रवक्ता रोजनाथ पाण्डेले चौथरीको सपथ कार्यक्रम तय भएको जानकारी दिए । उनका अनुसार सभामुख कृष्णबहादुर महराले बिहान साढे ११ बजे चौधरीलाई संसद् भवनमा पद तथा गोपनीयताको सपथ दिलाउनेछन् । फरार रहेकै अवस्थामा चुनाव लडेका उनी कैलाली-१ बाट निर्वाचित भएका थिए । चुनाव जितेपछि उनले प्रमाणपत्र लिन पाउनुपर्ने माग गर्दै सर्वोच्चमा निवेदन दिएका थिए । तर, सर्वोच्चले रिट खारेज गरेपछि उनले अदालतमा आत्मसमर्पण गरेका थिए ।

प्रकाशित मिति: १९ पुस २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्