बिना आएपछि मेलम्ची जापानिज कारको गतिमा कुदेको छ प्रधानमन्त्री


 


काठमाडौं प्रधानमन्त्री केपी शर्मा ओलीले मेलम्ची खानेपानी आयोजना तीब्रताका साथ अघि बढिरहेको बताएका छन् ।ललितपुरको बालकुमारी फोहोरपानी प्रशोधन केन्द्रको शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले मेलम्ची आयोजना चिल्लो सडकमा जापानी कार दौडिएजस्तो अघि बढिरहेको दावी गरे ।

‘पहिले चिप्ले किरा हिँडे जस्तो मेलम्ची आयोजना यो वर्ष जापानीज कार चिल्लो सडकमा हिडे जस्तो गरि अघि बढिरहेको छ’ उनले भने ‘सबै क्ष्रेत्रमा तीव्रताका साथ अघि बढिरहेको छ हामी हाम्रो तर्फबाट कुनै कमी हुन दिने छैनौं ।’

प्रधानमन्त्री ओलीले मेलम्ची आयोजना निर्माण गरिरहेको इटालीयन कम्पनी सीएमसीले नै बाँकी काम गर्ने बताए । ‘उनीहरुको पनि प्रतिवद्धता छ, कम्पनीको प्रतिष्ठाको कुरा छ, काम हुन्छ भन्नेमा म विस्वस्त छु’ उनले भने ।

इटालीयन कम्पनीले काम छाडेर हिँडे पनि प्रधानमन्त्रीले भने आयोजना तीब्र गतिमा अघि बढिरहेको बताएका हुन् ।

प्रकाशित मिति: १९ पुस २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्