कांग्रेसको आडमा सर्वोच्चमा बसेका जोशी गलहत्याइए, बस्ने कुर्सीदेखि जिम्मेवारीसम्म खोसियो


 


काठमाडाैँ । सर्वोच्च अदालतका प्रधानन्यायाधीशमा अयोग्य भनेर संसदीय समितिबाट अस्वीकृत भएर पनि मेरा केही काम छ भन्दै नेपाली कांग्रेसको अाड भरोसमा न्यायाधीशकै हैसियतमा काममा फर्किएका दीपकराज जोशी अन्ततः सर्वोच्चबाट गलहत्याइएका छन । उनको बस्ने कुर्सीदेखि जिम्मेवारी सबै खोसिएको छ ।

प्रधानन्यायाधीशमा अस्वीकृत भएपछि सर्वोच्च नफर्कने भद्रसहमति गरी थप कारबाहीबाट जोगिएका जोशी पछि कांग्रेसको बलमा सर्वोच्च पसी वरिष्ठ न्यायाधीशको हैसियतामा मुद्दा हेर्ने काममा लागेका थिए तर बुधबार प्रधानन्यायाधीशमा चोलेन्द्रशम्शेर जबरा नियुक्त भएपछि उनको सर्वोच्चभित्रको लिला समाप्त भएको छ । राणाले जोशीलाई राजिनामाको सुझाव दिए पनि नमानेपछि जिम्मेवारी र कुर्सी दुबै खोसिएको छ । सबै जिम्मेवारी र कुर्सी समेत खोसिएपछि जोशी भने बिहीबार लाजमान्दै सर्वोच्चबाट हाजिर गरेर फर्किएका छन ।

न्यायाधीश जोशीको चेम्बर खोसिएको छ। सर्वोच्च अदालत प्रशासनले उनी बस्ने गरेको चेम्बरमा न्यायाधीश दीपककुमार कार्कीलाई स्थान्तरण गरेको छ। प्रधानन्यायाधीश राणाको आदेशपछि १ नम्बर इजलाशको चेम्बरमा कार्कीलाई राखिएको हो। यसअघि दीपकराज जोशी वरिष्ठतम् न्यायाधीशका रुपमा १ नम्बरको इजलाश र चेम्बरमा बस्ने गरेका थिए। दीपकराज जोशीलाई भने सर्वोच्चकै कुनामा रहेको एउटा कोठा उपलब्ध गराइएको छ।

वरिष्ठतम् न्यायाधीश दीपकराज जाेशी न्याय परिषदकाे सदस्य र मेलमिलाप परिषदकाे अध्यक्षबाट पनि हटाइएका छन्। बिहीबार बसेकाे संवैधानिक परिषदकाे बैठकले जाेशीलाई मेलमिलाप परिषदकाे अध्यक्षबाट फिर्ता बाेलाएर इश्वरप्रसाद खतिवडालाई ताेक्न प्रधानन्यायधीश समक्ष सिफारिस गर्ने निर्णय गरेकाे छ । यस्तै, स‌ंवैधानिक परिषदकाे पुनर्गठन गरी जाेशीलाई त्यहाँबाट पनि हटाइएकाे छ। बरिष्ठतम् न्यायधीशका हैसितमा जाेशी परिषद सदस्य थिए। परिषदमा प्रधानन्यायधीशका अतिरिक्त दीपककुमार कार्की केदारप्रसाद चालिसे मिरा खड्का र हरिकृष्ण कार्की सदस्य छन्।

प्रकाशित मिति: २० पुस २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्