एसबिआई बैंकका ग्राहकलाई स्काईवाकमा विशेष छुट


 


काठमाडौं, जेठ २ । नेपाल एसबिआई बैंक र वन्डर्स नेपाल प्रा लि.बीच बैंकका सम्पूर्ण डेबिट कार्ड र मोबाइल बैंकिङ सेवा प्रयोगकर्ताहरुलाई लक्षित गरी स्काईवाक टिकटमा २० प्रतिशत सम्म छुट दिने सम्झौता भएको छ ।

सम्झौतामा बैंकका नायब प्रमूख कार्यकारी अधिकृत तथा प्रमूख वित्तिय अधिकृत राजेश कुमार पडार, वन्डर्स नेपाल प्रा.लिका प्रमुख कार्यकारी अधिकृत कविन्द्र प्रसाद श्रेष्ठले हस्ताक्षर गरेका थिए ।

उक्त सम्झौता बैंकका प्रबन्ध संचालक तथा प्रमूख कार्यकारी अधिकृत दीपक कूमार दे, प्रमूख संचालन अधिकृत यादवेंद्र कांत, प्रमुख व्यवसाय प्रबर्धन अधिकृत रितेश अर्याल, बागमती प्रदेशका प्रमुख बिनोद कुमार ढुंगेल र बैंक तथा वन्डर्स नेपाल प्रा. लि.का अन्य वरिष्ठ अधिकारीहरूको उपस्थितिमा सम्पन्न भएको हो ।

हाल यस बैंकले ९७ शाखा, २२ एक्स्टेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय, एक कर्पोरेट अफिस, १२१ एटिएमबाट आफ्नोे आन्तरिक तथा विश्वव्यापी ने६वर्क मार्फत सेवा प्रदान गर्दै आएको छ ।

प्रकाशित मिति: २ जेष्ठ २०८१, बुधबार

प्रतिक्रिया दिनुहोस्