भोजपुरबाट छोरी भेट्न मोरङ आएका एक बृद्धको बसको ठक्करबाट ज्यान गयो


 


मोरङ, पुस २५

मोरङको बेलवारी नगरपालिका – १० स्थित पूर्वपश्चिम राजमार्गमा आज अपरान्ह बसको ठक्करबाट पैदलयात्री एक बृद्धको मृत्यु भएको छ ।
पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको को १ ख २९८८ नं.को बसले पैदलयात्री भोजपुर, टक्सार – १२ का ७२ वर्षिय खडानन्द पराजुलीलाई ठक्कर दिँदा मृत्यु भएको हो ।

पराजुली बेलवारीमा रहेकी छोरीलाई भेट्न आएका थिए । उहाँको विराटनगरस्थित नोबेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक एवम् प्रबक्ता घनश्याम श्रेष्ठले जानकारी दिनुभयो ।

ठक्कर दिने बस र त्यसका चालकलाई इलाका प्रहरी कार्यालय बेलवारीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ ।

प्रकाशित मिति: २५ पुस २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्