लमजुङमा भूकम्पको धक्का महसुस


 


लमजुङ, पुस २६

लमजुङमा हिजो साँझ भूकम्पको धक्का महसुस गरिएको छ । जिल्ला सरदमुकाम बेसीशहर नजिक उत्तर पश्चिम क्षेत्रमा केन्द्रबिन्दु बनाएर हिजो साँझ ३ रेक्टर स्केलको भूकम्प गएको प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले जानकारी दिनुभयो ।

खानी तथा भूगर्भ विभागका अनुसार हिजो साँझ ७ बजेर ४९ मिनेट जाँदा जिल्लाको बेसीशहर नजिक उत्तर पश्चिम साइडमा केन्द्रबिन्दु बनाएर ३ रेक्टर स्केलको भूकम्प गएको छ । भूकम्प एकदम सानो र छोटो समय गएको हो । भूकम्प जाँदा बेसीशहरमा छोटो तर कडा झड्का महसुस भएको ढकालले जानकारी दिनुभयो ।

प्रकाशित मिति: २६ पुस २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्