‘स्मार्ट लाइसेन्स’ वितरण नै बन्द हुने अवस्थामा, २ महिनाका लागि मात्रैछ स्टक


 


काठमाडौँ माघ २४
२ महिनापछि विद्युतीय सवारीचालक अनुमतिपत्र ‘स्मार्ट लाइसेन्स’को स्टक समाप्त हुने भएको छ । सरकारले वैकल्पिक व्यवस्था नगरे ६० दिनपछि ‘स्मार्ट लाइसेन्स’ वितरण नै बन्द हुने अवस्थामा रहेको हो ।

अहिले विभाग र मातहतका कार्यालयमा प्रिन्ट गरेर वितरण गर्न बाँकी स्मार्ट लाइसेन्सको संख्या करिव ३ लाख रहेको छ । विभागसँग रहेका ७ वटा प्र्रिन्टरले दैनिक ६ हजार ५ सय लाइसेन्स प्रिन्ट गर्न सक्छ ।

सो अनुसार बाँकी लाइसेन्स प्रिन्ट गरेर वितरण गर्दा ४६ दिनमा सकिन्छ । अहिले सवाली ट्रायल पास गरी स्मार्ट लाइसेन्सको पर्खाइमा बस्नेको संख्या ४ लाख पुगिसकेको छ ।

यसरी पर्खिनेहरुको संख्या दैनिक औसतमा ३ हजारजना थपिने यातायात व्यवस्था विभागका सूचना अधिकारी गोकर्णप्रसाद उपाध्यायले जानकारी दिए ।यो खबर आजको नयाँ पत्रिका दैनिकमा छ।

प्रकाशित मिति: २४ माघ २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्