पशुपतिमा फुड फेस्टीवलसहितको बृहत सास्कृतिक कार्यक्रम


 


उर्लाबारी,  फागुन ११

“गुणस्तरिय शिक्षा उपयोगी ज्ञान, उज्वल भविश्य पशुपतिको पहिचान”मुख्य नाराका साथ पशुपति आवासिय माध्यमिक बिद्यालय उर्लाबारीले आज एक दिवसीय फुड फेस्टीवल सहितको बृहत सास्कृतिक कार्यक्रम सम्पन्न गरेको छ ।

बिद्यार्थीले पूर्णरुपमा संचालन गरेको करिव ६ घण्टाको समयवधीमा बिद्यार्थीहरुले कार्यक्रम संचालन, नाटक, गायन, नृत्य, किड्स फेसन शो, किड्स कर्नर, चित्रकला प्रर्दशनी, मनोरञ्जनात्मक प्रर्दशन गरी अभिभावकलाई मनोरञ्जन प्रदान गराएका थिए । सोही अवसरमा बिद्यार्थीहरुले आफैले स्थलमै तयार पारेका खाद्यान्नका स्टलहरुबाट विभीन्न किसिमका फास्ट फुड विक्री वितरण गरेका थिए ।

बिद्यार्थीहरुलाई शैक्षिक ज्ञानसगै“ व्यवहारिक शिक्षा दिने उदेश्यले बिद्यालयले एक दशक अघि देखिनै यस किसिमको मेघा फुड् फेस्टीवल तथा सास्कृतिक कार्यक्रम संचालन गर्दै आएको संंस्थापक÷निर्देशक बिजयकुमार कार्कीले बताउनुभयो ।

प्रकाशित मिति: ११ फाल्गुन २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्