कमल थापाको पार्टीलाई ठुलो क्षती ,कस कसले छोडे राप्रपा !


 


काठमाडौ , १२ फागुन – पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० परित्याग गर्ने भएका छन् । चन्दका छोरा जयन्त चन्दसहित अन्य १८ जना वरिष्ठ नेताले अध्यक्ष कमल थापाको राप्रपा परित्याग गरेको घोषण गरेका हुन् ।

पूर्वमन्त्रीसमेत रहेका जयन्त चन्दसहितका १८ जना नेताहरुले राप्रपा परित्याग गरेर राप्रपा९संयुक्त० प्रवेश गर्ने घोषणा गरेका छन् ।

उनीहरुलाई आगामी १६ गते पार्टी प्रवेश गराउने कार्यक्रम रहेको राप्रपा ९संयुक्त०का एक नेताले बताए । पार्टी परित्याग गर्नेहरुमध्ये १८ जनाको नाम सार्वजनिक गरिए पनि लोकेन्द्रको भने गोप्य राखिएको छ ।

राप्रपा संयुक्त प्रवेश गर्नेहरुमा लोकेन्द्रबहादुर चन्द, पूर्वमहामन्त्रीसमेत रहेका जयन्त चन्द, सहायक महामन्त्री भरत पाठक, सहायक महामन्त्री केन्द्रीय सदस्य भरत गिरि, केन्द्रीय सदस्य प्रल्हाल साह, पूर्वमन्त्री दिनेश श्रेष्ठ, गोविन्द खनियाँले पनि पार्टी छाडेका छन् । सानुकाजी हेक्का, चिरागमानसिँह कुँवर, रिता पोखरेल, सुन्दर खड्का, गणेशबहादुर बिष्ट, गजेन्द्रबहादुर सिँह, बिन्दा गिरि, भरतबहादुर चन्द, किसान संगठनको पूर्वसभापति गोपाल दाहाल, गणेश चन्द, मुकुन्द कार्की र पूर्ण चौलागाईं रहेका छन् ।

प्रकाशित मिति: १२ फाल्गुन २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्