बिरामी बाबुको झारफुक गर्न गएकी १३ वर्षिया बालिकालाई झाक्रीले गरे बलात्कार


 


भक्तपुर । बिरामी बाबुको झारफुक गर्न गएकी एक १३ वर्षीया बालिकालाई बलात्कार गरी फरार भएको झाक्रीलाई प्रहरीले आज पक्राउ गरेको छ।

मध्यपुरथिमि नगरपालिका लोकन्थलीमा सञ्चालन गरेको झारफुक केन्द्रमा मकवानपुर मकवानपुरगढी गाउँपालिका घर भई हाल चाँगुनारायण नगरपालिका बस्ने ३५ वर्षीय गुरु रोशन भन्ने हिरामणि घिमिरेलाई प्रहरीले पक्राउ गरी बिहीबार जिल्ला अदालतमा म्याद थपेर अनुसन्धान शुरु गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिए।

गत १९ गते बिरामी बाबुलाई झारफकु गर्न साथी गएकी १३ वर्षीया बालिकालाई भित्र बोलाई धामी घिमिरेले बाबुको आँखामा पट्टी बाँधेर उपचार गर्नुपर्छ भन्दै पट्टी बाँधेर बालिकालाई बलात्कार गरेको प्रारम्भिक अनुसन्धानमा खुल्न आएको प्रहरी उपरीक्षक पोखरेलले बताए।

प्रकाशित मिति: २१ चैत्र २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्