ओलीविरुद्धको मोर्चाबन्दीमा मेरो साथ हुनेछैनः नेता खनाल



काठमाडौं बैशाख २
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का बरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री झलनाथ खनालले आफू अहिले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सफल बनाउनको लागि लागिपरिरहेको स्पष्ट पारेका छन् । पछिल्लो समय ओलीविरुद्ध मोर्चाबन्दी कसेका नेकपाका बरिष्ठ नेता माधव नेपाललाई साथ दिएको हल्ला आएपछि उनले यस्तो बताएका हुन् ।

खनालले प्रधानमन्त्री ओलीले अघि सारेको समृद्ध नेपाल र सुखी नेपालीको नारालाई सार्थक पार्नुपर्ने बताएका छन् । एक सार्वजनिक कार्यक्रममा नेता खनालले सरकारको बचाउ गरेका थिए । उनले कांग्रेसलगायत केही शक्तिहरु सरकारलाई असफल तुल्याउन लागिरहेको आरोप लगाएका थिए ।

त्यस्तै, उनले लाखौं संख्यामा युवाहरु विदेशिन बाध्य हुनुको प्रमुख कारण पनि कांग्रेस नै भएको तर्क गरेका थिए । ओली सरकारलाई सफल बनाउनुपर्नेमा आफ्नो जोड रहने उनको भनाई थियो ।

प्रतिक्रिया दिनुहोस्
सामजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
प्रकाशक / सम्पादक :ध्रुव सुवेदी
     
           
facebook
© 2019 Deshko News