स्व. देउबहादुर कन्दङ्वा लिम्बु स्मृति ट्रष्ट भवनको उद्घाटन
सन्जु राई
धरान । भूपू बेलायती सैनिक स्वं देउबहादुर कन्दङ्वा लिम्बुको स्मृतिमा धरान–१५ स्थीत चुम्लुङ हिम परिसरमा निर्माण भएको ट्रष्ट भवनको शनिबार उद्घाटन भएको छ ।
४० लाखको लागतमा स्व. कन्दङ्वाको परिवारको तर्फबाट निर्माण भएको सो ट्रष्टको उद्घाटन किरात याक्थुङ चुम्लुङ धरान नगर समितिको आयोजनामा प्रमुख अतिथी रहेका कियाचुका केन्द्रिय अध्यक्ष योगराज वनेमले गरेका हुन् । यसैगरि कार्यक्रममा स्व.कन्दङ्वाको परिवारको तर्फबाट ट्रष्ट भवन किरात याक्थुङ चुम्लुङ धरान नगर समितिलाई हस्तान्तरण गरिएिको छ ।
कियाचु नगर अध्यक्ष सुबास हुक्पा चोङबाङको सभापतित्वमा भएको उक्त कार्यक्रममा प्रमुख अतिथी केन्द्रिय अध्यक्ष वनेम तथा चुम्लुङका सस्थापक सदस्य नरप्रसाद लुङफुङ्वाले ट्रष्ट भवन निर्माणकर्ता स्व. देउ बहादुर कन्दङ्वाकी श्रीमति नन्दकुमारी कन्दङ्वा (निङ्लेखु)लाई अभिनन्दन पत्र र दोसल्लाले अभिनन्दन गरिएको छ । यसैगरी ट्रष्ट भवन निर्माणमा सहयोग पुर्याउने स्वं कन्दङ्वाका भाइद्धय दलबहादुर कन्दङ्वा, डिल्ली कन्दङ्वा र हरिप्रसाद चौधरीलाई धन्यबाद पत्र प्रदान गरिएको छ । उक्त ट्रष्ट भवन निर्माणले लिम्बु जातिहरुलाई मात्र नभएर सबै धरानबासीहरुलाई फाईदा पुग्ने अध्यक्ष हुक्पा चोङबाङले बताए ।
बिगतमा चुम्लुङका पदाधिकारीहरुले विभिन्न कार्यक्रमहरु आयोजना गर्नुपर्दा लिम्बु जातिहरुको घरघरमा रकम संकलन गर्नुपर्ने बाध्यता रहेको र अब उक्त ट्रष्ट भवन निर्माणले धेरै सहुलियत भएको अध्यक्ष हुक्पा चोङबाङले बताउदै स्व.देउ बहादुर कन्दङ्वा लिम्बुका परिवारहरुको योगदान अतुलनिय गरेको उल्लेख गरे । यसैगरि स्व.कन्दङ्वालाई मृत्यु पर्यन्त पनि युगौयुग सम्म सम्झाउनका लागि उनको परिवारको तर्फबाट चुम्लुङ हिममा ट्रष्ट बनाएको परिवारका सदस्य रामनारायण कन्दङ्वाले बताए ।
यसैगरी प्रमुख अतिथी केन्द्रिय अध्यक्ष वनेमले किरात याक्थङ चुम्लुङ सामुदायिक संस्था भएकाले हरेक क्रियाकलाप समुदायको सबै पक्षको विकासका लागि हुने गरेको छ । यस्ता सामुदायिक कार्यका लागि कन्दङवा परिवारले महत्वपूर्ण र ऐतिहासिक कार्य गरेकोमा धन्यबाद ज्ञापन गर्दै स्वं कन्दङ्वा सबैको स्मृतिमा बाचिरहने बताए । कार्यक्रममा कियाचु सुनसरी जिल्ला अध्यक्ष मोहन हुक्पा चोङबाङ, संस्थापक सदस्य नरप्रसाद लुङफुङबाले शुभकामना मनतव्य, कियाचु नगर सचिव सन्तोष कुरुम्बाङ लिम्बुले स्वागत मनतव्य राखे भने सहसचिव बालकृष्ण सिंगक लिम्बुले कार्यक्रम संचालन गरे ।
प्रकाशित मिति: १२ जेष्ठ २०७६, आइतबार