जहाँ विकास, त्यहाँ नेकपा)का युवा नेता, महेश बस्नेत


 


भक्तपुर, १७ जेठ । विकास र समृद्धि मुख्य पक्ष भौतिक विकास तिव्र गतिका साथ अघि बढेको नेपालकै एक जिल्लाको रुपमा रहेको भक्तपुर हो । जहाँ सडक, ढल, पुल, खानेपानी, विद्यालय, करिडोर, साना ठूला योजना, राष्ट्रिय गौरवका आयोजना, सरसफाई लगायतको साथमा सामाजिक एकता र सहकार्यका माध्यमबाट जिल्लाको मुहार नै फेरिदै गएको छ ।

निर्वाचित जनप्रतिनिधि विकास निर्माणको सवालमा प्रत्यक्ष जनतासँग सहकार्य गर्दै अघि बढ्नु नै भक्तपुरमा विगत वीसय वर्षमा भएको विकास भन्दा जनप्रतिनिधि निर्वाचित भएको दुई वर्षमा नै त्यो भन्दा दुई गुणा वढी विकास भएको छ ।

विकासले सफलता चुम्नुमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का युवा नेता, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतको विशेष नेतृत्व तथा भूमिका रहेको छ । आफ्नो दैनीक जीवनमा विहान उठ्नुभन्दा पहिले दैनिक गतिविधिको योजना तयार गर्ने र बेलुक दिनभरको कामको समिक्षा गर्नु नै उहाँको मूख्य सफलताको आधार हो ।

उहाँको नेतृत्वमा अन्य जनप्रतिनिधि तथा स्थानीयको सहयोगले भक्तपुरको विकासमा क्रान्ति नै भयो जुन देशभरकै उदाहरणीय भएको छ । विकास निर्माण तथा योजनाको आफै स्थलगत निरिक्षणमात्र नभई योजना बनाउन र विभिन्न तहबाट योजना आफ्नो क्षेत्रमा पार्न आफै अहोरात्र खटिनु उहाँको अर्को महत्वपूर्ण विशेषता रहेको छ ।

भक्तपुरले विकासमा दैनिक रुपमा एक कदम अघि बढेको मात्र नभई दैनिक रुपमा दैडिरहेको बताउँदै उहाँले जनताको घर घरमा गई जनताको समस्या तथा विकासको चाहना आफ्नो दैनिक योजनामा पार्दै जनताको सारथी भई अघि बढिरहनुभएको छ ।

देशभर कुनै पनि विकासको शिलान्यास हुने तर त्यसको निर्माण सम्पन्न नहुने ठूलो समस्या रहेकोमा भक्तपुरमा भने त्यो समस्या रहेको छैन । दैनिक रुपमा सांसद बस्नेतले कहिले शिलान्यास त कहिले उद्घाटन गर्दै जनतासँग एककारमा नै उहाँको दैनिकी रहेको छ ।

एक सेकेण्डको पनि महत्व राख्ने सांसद बस्नेतकै पहलमा सरकारको नीति तथा कार्यक्रम र बजेटमा समेत समृद्ध नेपाल सुखी नेपाली बनाउने अभियानका मूख्य मूख्य विकासका कार्यहरु समेटिएका छन् । जसमा जडिबुटी – कोटेश्वरको जामलाई हटाउन कोटेश्वरमा अण्डरपास तथा सूर्यविनायकदेखि धुलिखेलसम्मको सडक ६ लेनको बनाउने सरकारले बजेटमा समाबेश गराएको छ भने हनुमन्ते तथा मनोहरा नदीको करिडोर निर्माण लगायतका कार्यहरु तिव्र गतिका साथ अघि बढिरहेको छ । जसमा मनोहरा नदीको करिडोर निर्माणलाई सरकारको बहुवर्षीय योजनामा समेत पार्न सांसद बस्नेतले महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको छ ।

उहाँकै विशेष पहलमा आधुनिक सभागृह, स्मार्ट सिटी, आधुनिक वीर अस्पताल, स्मार्ट सिटी, प्राणी उद्यान, रंगशाला, कर्वोड हल लगायतका ठूला ठूला योजनाहरु निर्माणका प्रकृयामा रहेका छन् जुन भक्तपुरका जनताको भाग्य र भविष्यसँग जोडिएका विकास निर्माणका कार्यहरु हुन् ।

यसै सवालमा सांसद बस्नेतद्वारा सहरी विकास मन्त्रालय काठमाडौं उपत्यका विकास प्राधिकरण जिल्ला आयुक्तको कार्यालय भक्तपुर वाट विनियोजित रु ६० लाखको लागतमा सूर्यविनायक नगरपालिका – ५ कटुञ्जे वडा कार्यालय बाट कोलडाँडा जाने सडक ११ मिटर चौडा विस्तार गरी स्तरोन्नती गर्न शिलान्यास सम्पन्न भएको छ ।

भक्तपुरमा सडक विस्तारको लागी ३० करोड ल्याउन सफल भएको जानकारी गराउँदै उहाँले आगामी वर्षको लागि ५६ वटा सडकहरु प्रस्ताव गरिएको जानकारी गराउनुभयो । भक्तपुरमा जता गयो त्यतै सडक निर्माण तथा विस्तारका कामहरु भइरहेको बताउँदै सांसद बस्नेतले किवाचोक जाने सडक विस्तार गर्ने क्रममा रहेको, सिर्जनानगरबाट नगरपालिका हुँदै लुभु जाने सडक निर्माण कार्य अघि बढेको जानकारी गराउनुभयो ।

विकासमा ऐक्यवद्धता, राजनीतिमा प्रतिपर्धा भन्ने भनाई लाई व्यवहारिकतामा लागु गर्दै सवै राजनीतिक दल, जनप्रतिनिधि, संघसंस्था तथा स्थानीयवासी एक ढिक्का भई अघि बढेको असम्भव भन्ने केही नहुने बताउनुभयो । वर्तमान समय तथा जनताको चाहना अनुसारको विकास अपरिहार्य रहेको बताउँदै उहाँले प्रकृया, पहलकदमीका कारण नै विकास सम्भव भएको बताउनुभयो ।

प्रकाशित मिति: १७ जेष्ठ २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्