दाइजोको लोभमा आफ्नै पतिको अर्को बिहे गराएपछि…


 


कहिल्यै सुन्नु भएको छ कि, कसैको पत्निले पतिको विवाह गर्नको लागि दोस्रो केटिसँग प्रस्ताव लिएर गएको रु तर यस्तै घटना भारतको पटनामा भएको छ । १३ लाख रुपैयाँको लागि सात जन्मसम्मको कसम खाएकी एक पत्नीले यस्तै घटना घटाएकी छिन् ।

दाईजो लिएसँगै पत्नी र पति दुवै फरार भएका छन् । घटनाको वास्तविकता फेसबुकमार्फत खुलेको थियो । पीडित भएकी महिलाले अहिले प्रहरीमा न्यायको लागि गुहार गरेकी छिन् ।

यस्तो छ वास्तविकता
पटनाको बांका जिल्लाको बौसी भन्ने ठाउँका विनय रजक सेन्ट्रल बैंक अफ इण्डियाको कुरसेलापुरस्थितको शाखा कार्यालयको क्यासियर हो । बताइए अनुसार पतिको मृत्युपछि प्राप्त भएको रकम निकाल्न स्थानीय महिला शोभा देवी आफ्नो छोरी ऋतुका साथ बैंक पुग्छीन् । उनले पैसा निकाल्दै गर्दा पैसाको उपयोग आफ्नी छोरीको विवाहको लागि गर्न लागेको क्यासियर रजकलाई बताउँछिन् ।

जसरी विनय रजकले विवाहको लागि १३ लाख दाईजो दिने कुरा सुन्छ उसले आफ्नो श्रीमतिसँग सल्लाह गरेर शोभादेवीलाई ठग्ने योजना बनाउँछ । उसले आफ्नो नामसमेत बदलेर आफुँ अनाथ सन्तान भएको शोभादेवीलाई बताउँछ । विनयले पैसा हत्याउनको लागि आधार कार्डसमेत नक्कली बनाएर नाम फेर्छ ।

यस्तो घटनामा विनयको श्रीमति गुडिंयाले आफुँ विनयको भाउजु भएको बताउँदै देवरको लागि भनेर शोभादेवीसँग विवाह प्रस्ताव लिएर जान्छे । दुवै पक्षको सहमती पछि विनय र ऋतु कुमारीको विवाह मन्दीरमा हुन्छ । विवाहको अघिल्लो दिन नै विनयको श्रीमतिले शोभाको बैंक एकाउण्टबाट दाईजो स्वरुपको सबै रकम आफ्नो एकाउण्टमा ट्रान्सफर गरिसकेकी हुन्छे । विवाह पश्चास पैसा लिएर दवै भागेको भारतीय पत्रिका जागरणले लेखेको छ ।

फेसबुकबाट खुल्यो वास्तविकता
विवाहको भोलिपल्ट विहान निस्किएको विनय सम्र्पक विहिन भएपछि ऋतुका दिदी बहिनीले फेसबुकमार्फत खोजी गर्न थाले । फेसबुकमार्फत खोजी गर्दै गर्दा उनिहरुले विनयको वास्तविकता पनि पत्ता लगाए । भाउजु भनेर माग्न आएकी गुन्डिया त उसको वास्तविक पत्नी भएको थाहा पाए ।

यसपश्चात उनिहरुले प्रहरीमा उजुरी दिएका थिए । तर उजुरीसँगै विनयले गुण्डाहरु लगाएर उजुरी फिर्ता लिन धम्क्याए पछि केटीपक्ष अहिले महिला आयोगको शरणमा पुगेको छ । आयोगले पीडित महिलालाई न्याय दिन पुरै कोसिस गरिने जनाएको छ । भाउजु र देवर बनेर ठग्ने विनय र गुन्डिया फरार छन् ।

प्रकाशित मिति: २५ असार २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्