जहाज धावनमार्गमा चिप्लियो, दुई जना घाइते


 


काठमाडौँ । नेपालगञ्जबाट यात्रु बोकेर काठमाडौं आएको यती एयरलाइन्सको विमान अवतरणको क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा चिप्लिएको छ ।

विमानस्थल प्रहरीका अनुसार यती एयरलाइन्सको एटीआर–७२ को जहाज शुक्रबार बिहान धावनमार्गमा चिप्लिएको हो । विमानमा कति यात्रु थिए भन्ने खुलेको छैन ।

विमानस्थलका एसपी कृष्ण प्रसाद कोइरालाकाअनुसार जहाजमा रहेका सबै यात्रुलाई सकुशल निकालिएको र २ जनालाई चाहिँ उपचारको लागि काठमाडौं मेडिकल कलेज पठाइएको छ ।

धावनमार्गमै जहाज चिप्लिएपछि अहिले विमान उडान अवरुद्ध बनेको छ ।

ल्हासाबाट काठमाडौं आएको सिचुवान एयरलाइन्स, कोलकताबाट काठमाडौं आइरहेको बुद्ध एयर र दोहाबाट काठमाडौं आइरहेको कतार एयरलाइन्स आकाशमा होल्ड भएको छ ।

प्रकाशित मिति: २७ असार २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्