बाढीले घर बगाएपछि रुख चढेर उद्धारका लागि हारगुहार गर्दै


 


सिरहा : सिरहाको कर्जन्हा नगरपालिका २ स्थित कमला नदीको बाढीमा एकजना फसेका छन्। नदीमा पानीको बहाव बढेकाले उनलाई उद्धार गर्न स्थानीय प्रहरी प्रशासनलाई कठिनाई भएको छ। उद्धार गर्न पुगेका टोली नदी किनारामै उभिएका छन्। भारी वर्षा भइरहेको छ।

स्थानीय प्रत्यक्षदर्शी सरोजकुमार पासमानकाअनुसार गुद्रु मुखिया कमला नदीको बगरमा पहिलेदेखि बस्दै आएका थिए। बिहीबार रातिदेखि आएको बाढीले उनको घर बगाइसकेको छ। उनी रुखको हाँगा समातेर बसिरहेको उनले सुनाए। उद्धार गर्न पुगेका प्रहरीको टोली नदीको डिलमै उभिएका छन्।

वर्षा र अत्यधिक बाढीका कारण उद्धार गर्न कठिनाई भएको सिरहा प्रहरी प्रवक्ता डिएसपी अपिलराज बोहराले बताए। ‘उद्धार गर्ने टोली परिचालन भएको छ।नदीमा अत्यधिक बाढी छ,’ पानी परिरहेको छ,’ उनले भने, ‘हेलिकप्टर मगाएर उद्धार गरिने तयारीमा छौँ।’

प्रकाशित मिति: २७ असार २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्