खोटाङमा सुतिरहेका बेला पहिरोले घर बगायो, श्रीमान घाइते, श्रीमती र दुई सन्तान बेपत्ता


 


खोटाङ । खोटाङको खोटेहाङ गाउँपालिका–२ बाप्लुखामा पहिरोले एउटा घर बगाउँदा एकै घरका तीन जना बेपत्ता भएका छन् भने एक जना घाइते भएका छन् ।

चार दिनदेखि लगातार परेको वर्षाका कारण आज बिहान झरेको पहिरोले घर बगाउँदा ३१ वर्षीय विष्णु राई घाइते भइका छन् । उनकी श्रीमतीसहित एक छोरा र एक छोरी बेपत्ता भएका छन् ।

आज बिहान करिब ५ बजेतिर झरेको पहिरोले घरमा सुतिरहेका चारै जनालाई बगाएको हो । घटनास्थल जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने बाप्लुखाको गोपिनीस्थित एकान्त ठाउँमा पर्दछ । घरदेखि करिब चार सय मिटरमाथिबाट पहिरो झरेको ठाउँमा अहिले पनि भारी वर्षा भइरहेकाले उद्धारमा समस्या परेको छ ।

प्रकाशित मिति: २७ असार २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्