कांग्रेसमा नियमावली विवाद : सदस्यता शुल्क घटाइने


 


काठमाडौं । कांग्रेसमा संशोधित नियमावली मस्यौदालाई लिएर विवाद देखिएको छ। केन्द्रीय कार्यसमिति बैठकमा पेस भएको नियमावली मस्यौदा समितिमै फर्काइएको छ। सभापति शेरबहादुर देउवाइतर पक्षले मस्यौदामा असन्तुष्टि जनाएको छ।

अघिल्लो आइतबारको बैठकमा नेता कृष्णप्रसाद सिटौलाले ‘नोट अफ डिसेन्ट’ लेख्ने चेतावनी दिएका थिए। त्यसलगत्तै सभापति पक्षले सर्वसम्मत तरिकाले पुनः मस्यौदा बनाउन समितिलाई निर्देशन दिएको थियो।

पाँच सदस्यीय समितिमा देउवाइतरका प्रदीप पौडेल र जीवन परियार सहभागी छन्। परियारले केन्द्रीय बैठकमा असन्तुष्टि राखेका थिए। अर्का सदस्य पौडेलले मस्यौदामा रहेका कतिपय विषय समितिमा छलफलै नभएको बताए। सक्रिय सदस्यलाई लेबी तिराउने, अनुशासनको प्रावधान, नीति तथा अनुसन्धान प्रतिष्ठानबारे नयाँ व्यवस्थासहित भ्रातृ तथा शुभेच्छुक संस्थाहरूको केही मुद्दा नियमावलीमा राखिएको छ। यही विषयलाई लिएर असन्तुष्टि देखिएको हो।

सभापतिले विवादित विषय तत्काल परिमार्जन गरी सर्वसम्मत तरिकाले नियमावली बनाउन निर्देशन दिए पनि समिति छलफलमा जुटेको छैन। आजको अन्नपूर्ण पोस्टमा समाचार छ ।

लेबी शुल्क घटाउने

कम्युनिस्ट पार्टीमा जस्तै लेबी उठाएर पार्टीको चरित्र मास्न खोजेको भन्दै आलोचना भएपछि कांग्रेसको नियमावली समितिले प्रस्तावित प्रावधानहरू संशोधनको तयारी गरेको छ ।

उसले लेबी अर्थात् सदस्यता शुल्क घटाउने भएको छ । आजको नयाँ पत्रिका दैनिकमा समाचार छापिएको छ ।

यसअघि कांग्रेसको क्रियाशील सदस्यता लिन दुई सय र नवीकरण गर्न एक सय रुपैयाँ रहेकामा नियमावली मस्यौदा समितिले नयाँ सदस्यता शुल्क पाँच सय र नवीकरण शुल्क ३६५ रुपैयाँ बनाएको थियो । कांग्रेसमा रहेका चार लाख ७० हजार क्रियाशील सदस्यलाई दिनको एक रुपैयाँका दरले ३६५ रुपैयाँ लेबी लिने प्रस्ताव थियो ।

प्रकाशित मिति: १ श्रावण २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्